लागूऔषधसहित एक जना पक्राउ



सिरहा । सिरहामा लागूऔषधसहित एक जना पक्राउ परेका छन । सिरहाका २६ बर्षीय प्रभुनारायण सिंहलाई प्रहरीले लागुऔषधसहित पक्राउ गरेको हो । उनलाई लहान नगरपालिका-१ बाट पक्राउ गरिएको सिरहा प्रहरीले जनाएको छ।

को.२६प १८९ नम्बरको मोटरसाइकलमा सवार सिंहलाई आईतबार राति पक्राउ गरिएको सिरहा प्रहरीका प्रबक्ता एवं डीएसपी सुवास बुढाथोकीले जानकारी दिए । उनका अनुसार सिहको साथबाट ४ हजार ७ सय ४० थान नाइट्राभेट ट्याब्लेट, १९४ एम्पुल डाइजेपाम, १९४ एम्पुल फेनारगन, ७ बोतल डाइलेक्स डिसी र नाम लेबल नभएको १९४ एम्पुल लागूऔषध बरामद भएको छ ।

पक्राउ परेका सिंहलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान गरिरहेको प्रहरीको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्