राष्ट्रिय सभामा दुई विधेयक पारित



काठमाडौं : राष्ट्रियसभामा स्टाण्डर्ड नाप र तौल (पाचौँ सशोधन) विधेयक २०७६ सम्बन्धी समितिको प्रतिवेदन पेश गरिएको छ । विधायन व्यवस्थापन समितिका सभापति परशुराम मेघी गुरुङले समितिको उक्त प्रतिवेदन सभामा समक्ष पेश गरेका हुन् ।

प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट कानून, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले नेपाल हवाई सेवा प्राधिकरण, २०७६ र नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०७६ लाई पारित गरियोस् भनी राखेका प्रस्तावलाई सभाले सर्वसम्मतिले अनुमोदन गर्यो । यसअघि बैठकमा विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहितको नेपाल हवाई सेवा प्राधिकरण विधेयक, २०७६ र नेपाल नागरिक उडडयन प्राधिकरण विधेयक, २०७६ माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गरिएको थियो ।

शोक प्रस्ताव
राष्ट्रियसभामा पूर्व प्रतिनिधि सभा सदस्य अकबरबहादुर सिंहको निधनमा शोक प्रस्ताव परित गरिएको छ । राष्ट्रियसभा अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सिंहको निधनप्रति शोक प्रस्ताव पारित गरियोस् भनी राख्नुभएको प्रस्तावलाई सभाले अनुमोदन गरेको हो । उनको निधनप्रति सभामा एक मिनेट मौनधारणका साथ श्रद्धाञ्जलि अर्पण गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना प्रकट गरियो । राष्ट्रियसभाको अर्को बैठक यही साउन २० गते बुधबार दिनको १ बजे बस्ने छ ।

प्रतिक्रिया दिनुहोस्