नेपालमा ३ हजार १२५ कोरोना संक्रमित थपिए, २३ को मृत्यु



काठमाडौँ : नेपालमा पछिल्लो २४ घण्टाको अवधिमा ३ हजार १२५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । १३ हजार ८११ वटा नमूनाको परीक्षण गर्दा ३ हजार १२५ जनामा संक्रमण पुष्टि भएको हो।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा गरिएको १० हजार ६१३ जनाको पीसीआर परीक्षणमा २ हजार २७९ र ३ हजार १९८ जनाको एन्टिजेन विधिबाट गरिएको परीक्षणमा ८४६ जनामा कोरोना पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा थप २३ जना कोरोना संक्रमितको मृत्यु भएको छ। योसँगै नेपालमा कोभिड संक्रमणका कारण मृत्यु हुनेको संख्या ९ हजार ८९८ पुगेकोे छ । सोही अवधिमा मुलुकका विभिन्न अस्पतालबाट १ हजार ९२५ जना कोरोना संक्रमणमुक्त भएको मन्त्रालयले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस्