एसिड आक्रमणबाट चार जना घाइते



सुनसरी : सुनसरीमा एसिड आक्रमणबाट चार जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार एसिड आक्रमण हुँदा दुई महिलासहित चार घाइते भएका हुन । सुनसरी बराहा नगरपालिका-३ का रोमन धामीले आफ्नै श्रीमती सरस्वती बस्नेत, छिमेकी श्यामकुमारी धामी, सुमनराज धामी र सुजनराज धामीमाथि एसिड प्रहार गरेका थिए ।

रोमनले श्रीमती सरस्वतीलाई लखेट्दा उनी छिमेकी श्यामकुमारीको घरमा पसेको र छुट्याउने‍ क्रममा सुमन र सुजनमाथि पनि एसिड प्रहार भएको प्रहरीले जनाएको छ । घाइतेहरूको म्याक्स अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

रोमनलाई प्रहरीले पक्राउ गरेको छ । एसिड आक्रमण, कुटपिट तथा अंगभंगसम्बन्धी कसुरमा रोमनमाथि अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्