सन्दीपले काठमाडौंको कप्तानी गर्ने



काठमाडौं : नेपाली लेग स्पिनर सन्दीप लामिछानेले चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (ईपीएल) मा काठमाडौं किंग्स–११ को कमान सम्हाल्ने भएका छन । काठमाडौंले सोमबार सामाजिक सञ्जालमार्फत् सन्दीपले टोलिको कप्तानी गर्ने जानकारी दिएको हो ।

कप्तान सोमपाल कामीलाई चितवन टाइगर्समा बेचेपछि काठमाडौं कप्तानविहिन भएको थियो । टोलीमा सन्दीपसँगै राष्ट्रिय टोलीका उपकप्तान दिपेन्द्र सिंह ऐरी रहे पनि टोलीको कप्तानी काठमाडौंले सन्दीपलाई दिएको हो ।

ईपीएलका लागि काठमाडौं किंग्स–११ ले विदेशी खेलाडीको रुपमा पाकिस्तानका पूर्वस्टार अलराउन्डर शाहिद अफ्रिदीलाई विदेशी खेलाडीको रुपमा अनुबन्ध गरिसकेको छ। चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म टीयू मैदानमा आयोजना हुँदैछ। प्रतियोगितामा ६ फ्रेन्चाइज टिमले प्रतिस्पर्धा गर्नेछन्।

प्रतिक्रिया दिनुहोस्