एमालेले गठन गर्‍यो ९ विभाग, स्कुल विभाग प्रमुखमा ओली



काठमाडौं : प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले विभिन्न विभागहरुमा मनोनयन गरेको छ। सोमबार बसेको स्थायी कमिटी बैठकले केन्द्रीय निकाय र विभागहरु बनाएर सदस्यहरूलाई मनोनयन पनि गरेको छ।

एमालेले माधव पक्षलाई ठाउँ खाली राख्दै विभागहरुमा मनोनयन गरेको हो। प्रवक्ता प्रदीप ज्ञवालीका अनुसार संगठन विभागको प्रमुख विष्णु पौडेललाई दिइएको छ भने स्कूल विभाग प्रमुखमा अध्यक्ष केपी शर्मा ओलीलाई तोकिएको छ । त्यस्तै संसदीय विभागमा सुवास नेम्वाङ, आर्थिक विभागमा विष्णु रिमाल, प्रचार विभागको प्रमुखमा प्रदीप ज्ञवाली, पर्यटन विभागको प्रमुखमा भानुभक्त ढकाल र विदेश विभाग प्रमुखमा डाक्टर राजन भट्टराई रहेका छन् ।

त्यस्तै निर्वाचन विभागको प्रमुखमा अग्नि खरेललाई नियुक्त गरिएको छ । प्रवक्ता ज्ञवालीका अनुसार विभिन्न नौवटा विभागहरुमा मनोनयन गरिएको हो। असोज ३ गते देशभरका ६ हजार ७४३ वटा वडामा एकै पटक अधिवेशन गर्ने ज्ञवालीले जानकारी दिए।

उनले गठन गरिएका विभागहरुमा २५ सदस्य हुने गरे पनि वरिष्ठ नेता माधवकुमार नेपाल पक्षलाई पनि ठाउँ राखेर मनोनयन गरिएको बताए।

प्रतिक्रिया दिनुहोस्