इंग्ल्यान्ड टोलीको बंगलादेश भ्रमण स्थगित



एजेन्सी । इंग्ल्यान्ड क्रिकेट टिमको बंगलादेश भ्रमण स्थगित भएको छ । क्रिकइन्फोले इंग्ल्यान्डको बंगलादेश भ्रमण अनिश्चितकालका लागि स्थगित भएको जनाएको छ । तर, इंग्ल्यान्ड र बंगलादेशले औपचारिक रुपमा सिरिज स्थगितबारे केहि बताएको छैन ।

इंग्ल्यान्डले सेप्टेम्बर देखि अक्टोबरसम्म बंगलादेशको भ्रमण गर्ने तालिका रहेको थियो । भ्रमण दौरान इंग्ल्यान्ड र बंगलादेशबीच एकदिवसीय र टी-ट्वान्टी सिरिज खेल्ने तालिका रहेको थियो ।

प्रतिक्रिया दिनुहोस्