बैतडीमा चट्याङ लागेर एक बालकको मृत्यु



बैतडी । चट्याङ लागेर बैतडीमा एक बालकको मृत्यु भएको छ। सोमबार साँझ परेको चट्याङ लागेर जिल्लाको दशरथचन्द नगरपालिका–९ मङरुका ९ वर्षीय भरतराम कोलीको मृत्यु भएको हो।

घर नजिकैको धारामा पानी भर्न गएका बेला सोमबार साँझ भरतरामलाई चट्याङ लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रवक्ता बोधराज ओझाले बताए। उनले चट्याङ लागेर भरतरामको घटनास्थलमै मृत्यु भएको बताए ।

प्रतिक्रिया दिनुहोस्