पारसको सन्यास अप्रत्यासित : क्रिकेट संघ



काठमाडौं : नेपाली क्रिकेट टोलीका पूर्व कप्तान पारस खड्काको सन्यास अप्रत्यासित भएको नेपाल क्रिकेट संघ (क्यान) ले बताएको छ । क्यानका अध्यक्ष चतुरबहादुर चन्दले खड्काको सन्यास ‘कप्तानबाट राजीनामा दिए जस्तै अप्रत्यासित भएको बताए ।

यसबारे क्रिकेट संघले औपचारिक धारणा तय गर्ने समेत उनले बताए । आईसीसी विश्व क्रिकेट लिग टूका लागि नेपाली राष्ट्रिय टोलीको मंगलबार बन्द प्रशिक्षण सुरु गर्ने तयारी थियो, तर पारसले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेका छन् ।

अध्यक्ष चन्दका अनुसार मंगलबार विहान करिव साढे ७ बजेतिर पारसले इमेल गरेर सन्यास लिन लागेको जानकारी गराएका हुन। सन् २००९ मा २२ वर्षको उमेरमै सिनियर टिमको कप्तान बनेका पारसले आफ्नो नेतृत्वमा नेपाललाई धेरै उपाधि र उपलब्धि दिलाएका थिए ।

प्रतिक्रिया दिनुहोस्