साइकल चढेर राहुल गान्धी पुगे संसद भवन



एजेन्सी: भारतीय कंग्रेस पार्टीका नेता राहुल गान्धी इन्धनको मूल्यवृद्धिको बिरोधमा मंगलबार साइकल चढेर संसद भवन पुगेका छन्। उनीसँगै विपक्षी दलका अरु सांसदहरु साइकल र्‍यालीमा सहभागिता जनाएका थिए।

राहुल गान्धीले बिहान विपक्षी दलका १७ सांसदहरुसँग नयाँ दिल्लीस्थित कन्स्टिच्युसनल क्लबमा बैठक गरेका थिए। बैठक सकिएपछि राहुल गान्धीको नेतृत्वमा उनीहरु साइकल चढि संसद भवनमा पुगेका थिए।

अघिल्लो हप्तामात्रै उनी किसान कानुनको विरोधमा ट्रयाक्टर चढेर संसद पुगेका थिए।

प्रतिक्रिया दिनुहोस्