सरकारले दार्चुला घटनालाई संवेदनशील रुपमा नलिएको एमाले सांसदको आरोप



काठमाडौँ: एमाले सांसद गणेशसिंह ठगुन्ना भारतीय एसएसबिले तुइन चुडाइदिएका कारण महाकाली नदीमा वेपत्ता भएका जयसिंह धामी प्रकरणको सरकारले औपचारिक रुपमा विरोध जनाउनुपर्ने बताएको छ

दार्चुलाबाट निर्वाचित सांसद गणेशसिंह ठगुन्नाले सरकारले यस घटनालाई संवेदनशील रुपमा नलिएको बताएको हो । उनले भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा विरोध जनाउदै दोषी उपर कारबाही गर्न पनि पनि सरकारसँग माग गरेको छ । उनले सरकारले कर्मचारी स्तरबाट छानविन समिति गठन गरी घटनालाई साम्य पार्ने प्रयास गरेको आरोप पनि लगाए।

उनले भने – ‘सिमामा यसरी नेपाली नागरिकको खुलेआम हत्या हुँदा पनि वर्तमान सरकार भारतीय राजदूतलाई बोलाएर औपचारिक रुपमा बिरोध जनाउँदै दोषीलाई कडा कारबाही गर्ने र मृतक परिवारलाई यथोचित क्षतिपूर्ति दिलाउनुको सट्टा प्रशासनिक कर्मचारीको नेतृत्वमा छानविन समिति गठनको नाटक गरेर घटनालाई साम्य पार्ने प्रयास गरिरहेको छ । सरकारले यो घटनालाई संवेदनशील लिएको देखिदैँन ।’

प्रतिक्रिया दिनुहोस्