प्रधान सेनापति थापा र अमेरिकी राजदूत बीच भेटवार्ता



काठमाडौँ: प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्‍यान्डी डब्लु बेरीबीच भेटवार्ता भएको छ ।

प्रधान सेनापति थापालाई भेट्न मंगलबार दिउँसो राजदूत बेरी भद्रकालीस्थित सैनिक मुख्यालय जङ्गीअड्डा पुगेका थिए। उक्त भेटमा दुईपक्षीय हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

‘यस किसिमको नियमित भेटवार्ताले दुई देशबीचको आपसी सम्बन्धलाई सुमधुर एवं प्रगाण बनाउन थप मद्दत पुग्ने विश्वास नेपाली सेनाले लिएको छ,’ सेनाद्वारा जारी विज्ञप्तीमा भनिएको छ ।

प्रतिक्रिया दिनुहोस्