४१ वटा राजनीतिक दलको दर्ता खारेज (सूचनासहित)



काठमाडौँ: निर्वाचन आयोगले विभिन्न ४१ वटा राजनीतिक दलको दर्ता खारेज गरेको छ ।

मंगलबार बसेको बैठकमा आयोगले लगातार तीन वर्षसम्म लेखापरीक्षण प्रतिवेदन समयभित्रै आयोगमा नबुझाउने ४१ दललाई साउन २० गतेदेखि लागू हुने गरी दर्ता खारेज गरेको हो । साथै १३६ वटा दल दर्ता रहेकामा अब ९५ वटा दलको मात्र दर्ता कायम रहेको बताएको छ।

आयोगले खारेज भएका प्रत्येक राजनीतिक दललाई ५० हजार जरिवाना तोकेको छ र त्यसलाई सरकारी बाँकी सरह असुल उपर गर्न केन्द्रीय तहसिल कार्यालयलाई लेखी पठाएको छ । जरिवाना नतिरेसम्म खारेज भएका दलका केन्द्रीय पदाधिकारीले अरु दल दर्ता गर्न र आयोगमा दर्ता भएका अरु दलको पदाधिकारी बन्न नपाउने बताएको छ। यसका साथै खारेज भएका राजनीतिक दलहरुको नाम, झण्डा, चिह्न दर्ता खारेज भएको मितिले एक वर्षसम्म अन्य कुनै दलले प्रयोग गर्न नपाउने गरी आयोगबाट निर्णय भएको छ ।

यी हुन् खारेज भएका दल:

प्रतिक्रिया दिनुहोस्