जुवाको खालबाट २१ जुवाडे पक्राउ, ६ लाख ४ हजार रुपैयाँ बरामद



काठमाडौँ । काठमाडौँको विजेश्वरी क्षेत्रबाट प्रहरीले जुवा खेलिरहेको अवस्थामा २१ जनालाई पक्राउ गरेको छ । उनिहरुलाई नगद ६ लाख ४ हजार रुपैयाँसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

सुचनाका आधारमा मंगलबार महानगरीय प्रहरी परिसर काठमाडौँबाट खटिएको टोलीले २१ जनालाई काठमाडौँ महानगरपालिका वडा नम्बर १५ बिजेश्वरी क्षेत्रबाट पक्राउ गरेको हो । महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी रमेश बस्नेतका अनुसार हारजित हुने गरी ओखर खेलिरहेको भन्ने सूचनाको आधारमा प्रहरीको टोली खटिएको थियो।

उनीहरू बिजेश्वरीस्थित प्रकाश शाहीको घरको चौथो तलामा बसेर खेलिरहेका थिए।

प्रतिक्रिया दिनुहोस्