अफगानिस्तान युद्ध : रक्षा मन्त्रीकै घरमा विद्रोहीको आक्रमण, चार जनाको मृत्यु



एजेन्सी : अफतानिस्तानका रक्षामन्त्री बिस्मिल्लाह खान मोहम्मदीको घरमा सशस्त्र विद्रोहीले आक्रमण गरेका छन् । उक्त आक्रमणमा परी कम्तीमा चार जनाको मृत्यु भएको छ ।

आक्रमणका बेला रक्षामन्त्री घरबाहिर रहेको बीबीसीले जनाएको छ । रक्षामन्त्रीको घरमा कार बम हमला गरेका थिए । उक्त क्षेत्र अफगानिस्तानको सुरक्षित मानिन्छ । विद्रोहीहरूले गोली पनि चलाएका थिए ।

रक्षामन्त्रीको परिवारलाई भने सकुशल उद्धार गरिएको छ । आक्रमणमा परी विद्रोही र सुरक्षाकर्मी मारिएका छन् ।

प्रतिक्रिया दिनुहोस्