आज तोलामा ३०० रुपैयाँले घट्यो सुनको मूल्य



काठमाडौँ : नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । स्थानीय बजारमा अघिल्लो कारोबार दिन अर्थात् मंगलवार स्थिर रहेको सुनको भाउ बुधवार रू. ३०० ले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाला सुन प्रतितोला रू. ९२ हजारमा कारोबार भएको छ । मंगलवार छापावाला सुनको मूल्य प्रतितोला रू. ९२ हजार ३०० मा कारोबार भएको थियो । मंगलवारको तुलनामा बुधवार छापावाला सुन प्रतितोला रू. ३०० ले घटेको हो ।

त्यसैगरी, तेजाबी सुन प्रतितोला रू. ९१ हजार ५०० मा कारोबार भइरहेको छ । मंगलवार तेजाबी सुन प्रतितोला रू. ९१ हजार ८०० मा कारोबार भएको थियो ।

यस्तै, बुधवार चाँदीको मूल्य भने बढेको छ । मंगलवार प्रतितोला रू. १ हजार २७५ मा कारोबार भएको चाँदी बुधवार रू. १ हजार २८५ मा खरीदविक्री भइरहेको छ । मंगलवारको तुलनामा बुधवार चाँदी प्रतितोला रू. १० ले बढेको हो ।

प्रतिक्रिया दिनुहोस्