राष्ट्रियसभा बैठक आज बस्दै, यी हुन सम्भावित कार्यसूची



काठमाडौँ : संघीय संसद अन्तर्गतको राष्ट्रियसभा बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा दिउँसो १ बजे बस्ने बैठकमा विभिन्न प्रतिवेदन तथा विधेयक पेश हुने सम्भावित कार्यसूची छ । बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको ३०औँ वार्षिक प्रतिवेदन, २०७६/०७७ पेश गर्नेछन् ।

यस्तै उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुसालले ‘विद्युत विधेयक, २०७७’ सभामा पेश गर्ने कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ । आजै प्रधानमन्त्री शेरबहादुर देउवाको तर्फबाट विधायन ब्यवस्थापन समितिका २ वटा प्रतिवेदनसहित विधेयक पेश गरी पारित गरिनेछ ।

विधायन व्यवस्थापन समितिको प्रतिवेदन सहितको ‘तथ्याङ्क विधेयक, २०७६ माथि छलफल गरी पारित गरिनेछ । यस्तै ‘योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक, २०७६ माथि छलफल पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्