काठमाडाैंका मेयर पत्नीसहित सरकारी पैसामा अमेरिका सयर



काठमाडाैं : सरकारले वेदेशिक भ्रमणमा नियन्त्रण गरेको बताइरहँदा काठमाडौं महानगरपालिकाका मेयर विद्यासुन्दर शाक्य भने सरकारी खर्चमा पत्नी लिएर अमेरिका गएका छन् । 

महानगरमा सुधारका काम नगरेको भन्दै आलोचना खेप्दै आएका शाक्य सडकभर फोहोरका डंगुर छाडेर पत्नी सुचितासहित अमेरिका लागेका हुन् । उनको भ्रमण टोलीमा ९ सदस्य छन् । १० दिने भ्रमणतालिका छ ।

 

सरकारी पदमा रहेका व्यक्तिको अनावश्यक विदेश भ्रमण रोक्न कडाइ गरेको बताउँदै आए पनि सरकारले सामान्य अवलोकन भ्रमणमा मेयरलाई श्रीमतीसहित लिएर जान भने स्वीकृति दिएको छ । याे खबर आजको नयाँ पत्रिकाबाट लिइएकाे हाे । 

प्रतिक्रिया दिनुहोस्