निर्मला पन्त सम्झना : कृष्ण मन्दिर अगाडी दीप प्रज्वलन



काठमाडौं : बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीय बालिका निर्मला पन्तको स्मृतिमा ललितपुरको दरबार क्षेत्रस्थित कृष्ण मन्दिर अगाडी आज दीप प्रज्वलन गरिएको छ ।

 

दीप प्रज्वलनका सहभागीहरुले निर्मलाका हत्याराहरुलाई कुनै पनि हालतमा कानुनी दायरामा ल्याउन सरकारसँग माग गरेका छन् ।

 

हत्या भएको १०० दिन बितिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै उनीहरुले सरकारको आलोचनासमेत गरेका थिए ।

प्रतिक्रिया दिनुहोस्