पल्पसा डंगोलको उपचारमा सहयोग गर्न सरकारसँग वलीको माग



काठमाडौँ: राष्ट्रिय सभाकी सांसद कोमल वलीले देशमा कलाकारहरुले ठुलो योगदान गर्ने भएपनि कलाकारलाई अप्ठ्यारो परेको बेलामा सरकारले सहयोग नगर्ने गरेको दुखेसो गरेकी छिन् । राष्ट्रिय सभाको बुधबारको बैठकमा बोल्दै सांसद वलीले हाल कलाकार पल्पसा डंगोल मृगौला रोगका कारण जीवन र मृत्युको दोसाधमा रहेको भन्दै उपचारमा सहयोग गर्न सरकारसँग माग गरिन् ।

उनले भनिन्, ‘अहिले एकजना चर्चित कलाकार चलचित्रकर्मी, हाँस्यव्यंग्यकर्मी, गित संगितमा सहभागी कलाकार हुनुहुन्छ कलाकार पल्पसा डंगोल, मृगौला फेल भएका कारणले जीवन र मृत्यूसँग लडिरहनुभएको छ । कलाकार पल्पसा डंगोलको स्वास्थ्यउपचारका लागि सरकारले सक्दो सहयोग गरोस् भनेर यही सदनबाट प्रधानमन्त्रीज्यूसँग माग गर्दछु ।’

प्रतिक्रिया दिनुहोस्