उपत्यकामा २४ घण्टामा १ हजार २ सय ७९ जनामा कोरोना संक्रमण पुष्टि



काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार २ सय ७९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ११ हजार ३ सय ५४ पीसीआर परीक्षणमा २ हजार ९७५ जना र ४ हजार ९४४ एन्टिजेन परीक्षणमा ११३२ गरी १ हजार २ सय ७९ मा कोरोना पुष्टि भएको हो ।

यसमध्ये ९०८ जना काठमाडौँ जिल्लामा, ललितपुरमा १६५ र भक्तपुरमा २०६ जना संक्रमित भेटिएका हुन् । यही अवधिमा १ हजार ५३५ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।

साथै थप ३५ जना संक्रमितको मृत्युको तथ्यांक प्राप्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।​

प्रतिक्रिया दिनुहोस्