आजदेखि नेपालीलाई यूएई प्रवेश खुला



काठमाडौँ : संयुक्त अरब इमिरेट्स (युएई) ले कोरोनाविरुद्ध खोप लगाएका नेपालीलाई आजदेखि प्रवेश गर्न दिने भएको छ।  बिहीबार (साउन २१) देखि नेपाली यूएई प्रवेश गर्न पाउने त्यहाँको आबुधावीस्थित नेपाली दूतावासले जानकारी दिएको हो । 

त्यस्तै यूएईको भिसा भएका तर खोप नलगाएका व्यक्तिलाई ४८ घण्टाको पीसीआर नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ। यूएईमा सरकारी निकायमा कार्यरत व्यक्ति, स्वास्थ्यकर्मी, विद्यालय÷विश्वविद्यालयका शिक्षक, उपचार गराइरहेका तथा विशेष मानवीय परिस्थिति भएका व्यक्तिले प्रवेश पाउनेछन्। उनीहरूले यूएई सरकारको अनुमति भने लिनुपर्नेछ।

त्यसरी प्रवेश गर्नेका व्यक्तिका हकमा नेपालको विमानस्थलमा र्‍यापिड टेस्ट हुने, यूएईका विमानस्थलमा अवतरण भएपछि पीसीआर परीक्षण हुने, क्वारेन्टिनलगायतका अन्य स्वास्थ्य प्रोटोकल पालना गर्नुपर्ने दूतावासले जनाएको छ। 

प्रतिक्रिया दिनुहोस्