माधव पक्षको केन्द्रीय समिति बैठक आज, संस्थापन पक्षको आपत्ति



काठमाडौँ : नेकपा एमालेको माधवकुमार नेपाल पक्षको केन्द्रीय समिति बैठक आज (बिहीबार) बस्दै छ । सो बैठकमा देशभरका केन्द्रीय सदस्यहरु सहभागी हुने नेपाल पक्षले जनाएको छ ।

बैठकले आफ्नो समूहको भावी रणनीतिलगायतका विषयमा धारणा तय गर्ने बताइएको छ । प्रधानमनमन्त्री शेरबहादुर देउवालाई सघाएको माधव नेपाल पक्ष सरकारमा जाने/नजानेबारे निर्णयमा पुग्न सकेको छैन । त्यसबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।

यता संस्थापन अर्थात केपी ओली समूहले सो बैठकलाई अनधिकृत भन्दै ध्यानाकर्षण भएको जनाएको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्