टोकियो ओलम्पिक : ३२ स्वर्णसहित चीन शीर्ष स्थानमा कायमै



काठमाडौँ : जापानको राजधानी टोकियोमा जारी ३२औँ ग्रीष्मकालीन ओलम्पिकमा चीन ३२ स्वर्ण पदकसहित शीर्ष स्थानमा कायमै रहेको छ । चीनले हालसम्म ३२ स्वर्ण, २२ रजत र १६ कास्य पदक प्राप्त गरेको छ । पदक तालिकाको दोस्रोमा अमेरिका तथा तेस्रो स्थानमा जापान रहेका छन् ।

अमेरिकाले २५ स्वर्ण, ३१ रजत र २३ कास्य पदक प्राप्त गरेको छ भने जापानले २१ स्वर्ण, ७ रजत र १२ कास्य प्राप्त गर्न सफल भएको छ । यस्तै बेलायत १५ स्वर्ण, १८ रजत र १५ कास्यसहित चौथो स्थानमा उक्लिएको छ ।

अस्ट्रेलिया १५ स्वर्ण, ४ रजत र १७ कास्य पदकका साथ पाँचौं स्थानमा भने रसियन ओलम्पिक कमिटी पदक तालिकाको छैटौं स्थानमा छ । उसले १४ स्वर्ण, २१ रजत र १८ कास्य पदक प्राप्त गरेको छ । टोकियो ओलम्पिकमा सहभागी २०५ देशमध्ये हालसम्म ७९ देशले पदक प्राप्त गर्न सफल भएका छन् ।

प्रतिक्रिया दिनुहोस्