बंगलादेशमा जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु



एजेन्सी । बंगलादेशमा जन्ती हिँडेका १७ जनाको चट्याङ लागेर मृत्यु भएको छ। चट्याङ लाग्दा बेहुलासहित १४ जना घाइते भएका छन ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमले जनाएअनुसार तटीय क्षेत्र शिवगंजमा जन्तीहरु डुंगाबाट उत्रिएर नदी किनारमा रहेको बेहुलीको घरतर्फ जाँदै गर्दा चट्याङ लागेको हो ।

चट्याङले १७ जनाको मृत्यु भएपछि बेहुलाको गाउँ शोकमा डुबेको छ। बंगलादेशमा हरेक वर्ष चट्याङले ठूलो जनधनको क्षति हुने गरेको छ।

प्रतिक्रिया दिनुहोस्