केन्द्रीय कमिटी अघि माधव नेपालले बोलाए स्थायी कमिटी बैठक



काठमाडौँ : नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालपक्षको स्थायी कमिटी बैठक बस्ने भएको छ । बिहीबार विहान ११ बजे नेपालपक्षको स्थायी कमिटी बैठक बस्न लागेको हो ।

स्थायी कमिटी बैठकपछि बुद्धनगरस्थित क्वालिटी ब्यांक्वेटमा केन्द्रीय कमिटी बैठक बस्ने छ । यसअघि बुधबारका लागि तय भएको बैठक केन्द्रीय सदस्यहरु उपत्यकाबाहिर रहेकाले सारिएको थियो ।

एमाले भित्रको एकता र भावी रणनीतिका विषयमा छलफल गर्न नेपालले केन्द्रीय सदस्यहरूको बैठक बोलाएको एक नेताले बताए । प्रधानमनमन्त्री शेरबहादुर देउवालाई सघाएको माधव नेपाल पक्ष सरकारमा जाने/नजानेबारे निर्णयमा पुग्न सकेको छैन । त्यसबारे पनि छलफल हुने नेताहरुले बताएका छन् ।

यसैबीच, पार्टी अध्यक्ष केपी शर्मा ओलीपक्षले भने नेपाल समूहको बैठकलाई अनधिकृत भन्दै बैठकमा सहभागी नहुन भनेको छ । एमाले पार्टी कार्यालयका सचिव शेरबहादुर तामाङले बिहीबार कुनै बैठक नराखिएको भन्दै भ्रममा नपर्न नेता कार्यकर्तालाई विज्ञप्तिमार्फत अपील गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्