सुर्खेतमा लागुऔषधसहित २ जना पक्राउ



सुर्खेत : जिल्ला प्रहरी कार्यालय सुर्खेतले लागुऔषध ब्राउन सुगरसहित २ जनालाई पक्राउ गरेको छ । वीरेन्द्रनगर नगरपालिका– ७ इत्रामबाट जुम्ला तिला गाउँपालिका- ५ का १८ वर्षीया कालीबहादुर शाही र सोही ठाउँका २१ वर्षीया खिमराज शाहीलाई  पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका सूचना अधिकारी रामप्रसाद घर्तीले जानकारी दिए ।

त्यस्तै, राजश्व छली गरी ल्याएको अवैध सरसामानसहित एक जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । दाङबाट जाजरकोट जाँदै गरेको मिनी ट्रकमा राजश्व छली गरी लैजाँदै गरेको अवस्थामा ३ लाख ९६ हजार रुपैयाँ बराबरको तेल अस्थायी प्रहरी पोष्ट बबईले नियन्त्रणमा लिएको हो ।

प्रहरीले उक्त तेलसहित कन्चनपुर शुक्लाफाँटा नगरपालिका– ५ का ३२ वर्षीय चालक लोकबहादुर बिकलाई पक्राउ गरेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्