सिटी ओपन टेनिसमा नाडालको विजयी सुरुवात



एजेन्सी । स्पेनिस टेनिस स्टार राफायल नाडालले अमेरिकाको सिटी ओपन टेनिसमा विजयी सुरुवात गरेका छन् । वासिङ्गटनमा बिहीबार भएको खेलमा अमेरिकी खेलाडी ज्याक सकलाई पराजित गर्दै नाडालले सुखद सुरुवात गरेका हुन् । तेस्रो वरीयताका नाडालले ज्याकमाथि ६-२,४-६ र ७-६(७-१) को सेटमा जित निकाले ।

अब नाडालले अन्तिम १६ मा दक्षिण अफ्रीकाका लोयड ह्यारिससँग खेल्ने छन् । ह्यारिसले टेनिस स्याण्डग्रीनबाट वाकओभर पाए । वाकओभर पाउनु अघि ह्यारी ६-४ र १-० को सेटमा अघि रहेका थिए ।

प्रतिक्रिया दिनुहोस्