काँग्रेस नेता सिंहको निवासमा पौडेल पक्षको बैठक



काठमाडौं : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका नेताहरु आज पनि छलफल गरिरहेका छन् । नेता प्रकाशमान सिंहको निवासमा जारी छलफलमा वरिष्ठ नेता पौडेल, महामन्त्री शशांक कोइराला, बलबहादुर केसी, अर्जुननरसिंह केसी र डा. मिनेन्द्र रिजाल सहभागी छन् ।

नेताहरुबीच आगामी १४ औं महाधिवेशन र क्रियाशील सदस्यताको विवाद सम्बन्धमा छलफल भइरहेको सिंहको सचिवालयले जनाएको छ ।क्रियाशील सदस्यताको विवाद समाधान हुन नसक्दा आगामी भदौ १६ गते निर्धारित कांग्रेसको १४ औं महाधिवेशनको कार्यतालिका प्रभावित भएको छ । महाधिवेशनबारे समेत अन्यौल उत्पन्न हुँदै गएको छ ।

प्रतिक्रिया दिनुहोस्