राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु



काठमाडौँ: नेपाली राष्ट्रिय क्रिकेट टिमको बन्द प्रशिक्षण आजबाट सुरु हुँदैछ ।

नेपाली टिमको प्रशिक्षण आजबाट कीर्तिपुरस्थित टियु मैदानमा हुने नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

आईसीसी क्रिकेट वर्ल्ड कप लिग-२ को बन्द प्रशिक्षणका लागि १९ खेलाडी छनोट गरिएको छ। नेपाल क्रिकेट संघ (क्यान) ले लिग- २ अन्तर्गत ओमानमा हुने नेपाल, ओमान र अमेरिकाबीचको ट्राई सिरिजका लागि राष्ट्रिय टिमको बन्द प्रशिक्षणमा सहभागी हुने खेलाडीको नाम बुधबार सार्वजनिक गरेका थिए।

क्यानले ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, कुशल भुर्तेल, आसिफ सेख, गुलशन झा, आरिफ सेख, कुशल मल्ल, विनोद भण्डारी, करण केसी र सोमपाल कामीलाई बन्द प्रशिक्षणका लागि छनोट गरेको छ। यस्तै, सन्दीप लामिछाने, कमल सिंह ऐरी, अविनाश बोहरा, साहब आलम, सुशान भारी, शरद भेषवाकर,विक्रम सोव, पवन सर्राफ र रोहितकुमार पौडेललाई बन्द प्रशिक्षणमा बोलाएको छ।

२०‌औं नम्बरमा पारस खड्काको नाम राखिएपनि मंगलबार अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यासको घोषणा गरेकोले बन्द प्रशिक्षणमा सहभागी नहुने क्यानका सचिव अशोकनाथ प्याकुर्‍यालले जारी गरेको सूचनामा उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्