उपत्यकामा २४ घण्टामा १ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि



काठमाडौँ: काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा १ हजार ७५ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसमध्ये ७६६ जना काठमाडौँ जिल्लामा, ललितपुरमा १६३ र भक्तपुरमा १४६ गरी काठमाडौं उपत्यकामा १,०७५ जना संक्रमित भेटिएका हुन् । यही अवधिमा १ हजार ५३५ जना निको भएर डिस्चार्ज पनि भएका छन् ।

पछिल्लो २४ घण्टामा देशभरका विभिन्न स्थानमा पीसीआर विधिबाट तीन हजार ७ र एण्टीजेन विधिबाट ९३१ जना गरी कुल तीन हजार ९३८ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। त्यस्तै ३७ जनाको मृत्‍यु भएको छ ।

प्रतिक्रिया दिनुहोस्