बेपत्ता सासुबुहारी मृत अवस्थामा भेटिए



 बैतडी :   बैतडीमा गत बुधबारदेखि बेपत्ता सासुबुहारी मृत अवस्थामा भेटिएका छन् ।

दोगडाकेदार गाउँपालिका –४ श्रीकेदार साउगाँउकी ५२ बर्षीया पार्वती भट्ट र उनकी बुहारी ३० बर्षीया निर्मला भट्ट मृत अवस्थामा फेला परेको खोचलेक प्रहरी चौकीका ईञ्चार्ज प्रहरी सहायक निरीक्षक श्याम सिंह महराले जानकारी दिए ।

गत बुधवार घाँस काट्न भन्दै घरबाट निस्केका उनीहरु बेपत्ता भएका थिए । सासु झल्कोट जंगलमा झुन्डिएको अवस्थामा र बुहारी ओडीगाँउ जंगलमा झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

घटना रहस्यमय देखिएको भन्दै थप अनुसन्धान अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्