‘समाज परिवर्तनका लागि व्यक्तिमा परिवर्तन आवश्यक’



जनकपुरधाम : प्रदेश नंबर दुईका मुख्य मंन्त्री लाल बाबु राउतले समाज परिवर्तनका लागि सुरुमा आफैंलाई परिवर्तन गर्नु पर्ने बताएका छन । जनकपुरमा आयोजित दीनानाथ भगवती समाज कल्याण गूठिको २३ औं वार्षिकोत्सव कार्यक्रमलाइ सम्बोधन गर्दै मुख्यमन्त्री राउतले समाज रूपांतरणमा ब्यक्ति–ब्यक्तिको भूमिका महत्वपूर्ण रहेको धारणा राखेका हुन् । 

उनले छोरा र छोरी समान भएपनि समाजमा अझै भेदभाव रहेको प्रति दुःख व्यक्त गरे । समाज सुधारका लागि मुख्य मंन्त्री स्वक्षता अभियान र बेटी पढाउ–बेटी बचाऊ जस्ता कार्यक्रमलाई प्राथमिकताका साथ अगाडि बढाएको उनको दाबी थियो । 

गुठीले आफ्नो वार्षिक उत्सवको अवसरमा समाजमा सकारत्मक परिवर्तनका लागि भूमिका खेलेका विभिन्न व्यक्तिलाई सम्मान गरेको थियो । सम्मान पाउनेमा राम आशिष यादव, वैद्यनाथ साह, सत्यनारायण आलोक र पवन सिंघानिया रहेका छन् । 

त्यस्तै, सुभद्रा लाल, नेहा झा, पूनम झा, सारथी लामा र धनुषा वाट एस. ई. ई. परीक्षामा सबैभन्दा बढ़ी अंक ल्याएकी अंजली यादवलाई पनि नगदसहित सम्मान गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्