घुससहित वडाध्यक्ष पक्राउ



जनकपुरधाम : महोत्तरीको जलेश्वर नगरपालिकाबाट घुससहित १ वडाध्यक्ष पक्राउ परेका छन्। अख्तियार दुरूपयोग अनुसन्धान आयोग बर्दिवासबाट खटिएको टोलीले एकडारा गाउँपालिका–४ मा राष्ट्रिय जनता पार्टी (राजपा) नेपालका तर्फबाट वडा सदस्य रामचन्द्र रायलाई घुससहित प्रहरीले पक्राउ गरेको बुझिएको छ।

आयोगले रायलाई गाउँपालिकाको बजेटबाट निर्माण हुने धर्मशालाको रकम निकासा गराउन सहज गराइदिन भनी सेवाग्राहीसँग ३६ हजार घुस लिएको आरोपमा उनलाई पक्राउ गरिएको हो। आयोगको टोलीले रायलाई जलेश्वर नगरपालिका–१ शैलेश चोकबाट पक्राउ गरेको हो।

आरोपी रायको थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएको छ। सदस्य रायले बजेट निकासा गराउन रकम दिनुपर्ने भन्दै पटक पटक दवाव दिएपछि उजुरी अख्तियारमा परेको थियो।

प्रतिक्रिया दिनुहोस्