फेसबुक असुरक्षितः हजारौं प्राइभेट म्यासेज चोरी, एकाउन्ट बेच्न विज्ञापन !



एजेन्सी : सामाजिक सञ्जाल फेसबुक अहिले सबैको अनिवार्य बनेको छ । उठ्दाबस्दा अधिकांशको फेसबुक निकै अपरिहार्य भएको छ । तर, ह्याकरहरुले हजारौं फेसबुक प्रयोगकर्ताको एकाउन्ट ह्याक खबर सार्वजनिक भएको छ । ह्याकरले निजी सन्देश (प्राइभेट म्यासेज) प्रकाशित गरेका छन् । कम्तिमा ८१ हजार भन्दा बढी फेसबुक प्रयोगकर्ताका म्यासेजहरु उनीहरुले सर्वाजनिक गरेका हुन् ।

 

यसमा संलग्नहरुले बिबिसीको रुसी सेवालाई आफूहरुसँग १२० मिलियन फेसबुक एकाउन्टको विस्तृत जानकारी रहेको बताएका छन् । उनीहरुले त्यो जानकारी बेच्ने प्रयास गरेका छन् । फेसबुकले प्रयोगकर्ताको गोपनियतामा कुनै पनि किसिमको सम्झौता नगरिने बताएको छ । थप एकाउन्ट प्रभावित नहुन भनेर आफूहरुले सुरक्षात्मक उपाय अपनाएको फेसबुकले जनाएको छ ।

 

अहिले ह्याकरले चोरी गरेका जानकारीहरु विशेष गरी युक्रेन र रुसका प्रयोगकर्ताको छ । यस्तै बेलायत, अमेरिका, ब्राजिल र विश्वका अरु देशका प्रयोगकर्ताको जानकारी पनि उनीहरुसँग छ । ह्याकरले एउटा एकाउन्ट १० सेन्टमा बेच्ने प्रस्ताव गरेका थिए । उनीहरुले यसबारेको विज्ञापन अनलाइनमा प्रकाशित गरेका थिए । अहिले उनीहरुको विज्ञापन अफलाइन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्