शिक्षक तथा कर्मचारीलाई सामाजिक सञ्जाल प्रयाेगमा अंकुश



काठमाडाैं : शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षक, कर्मचारी र विश्वविद्यालयका प्राध्यापकलाई सामाजिक सञ्जाल र मोबाइल फोन प्रयोगमा अंकुश लगाएको छ । 

 

मन्त्रीस्तरीय निर्णयबाट स्वीकृत सामाजिक सञ्जाल र मोवाईल फोन सञ्चालन तथा प्रयोगसम्बन्धी मार्गनिर्देशन २०७५ मार्फत मन्त्रालयले फेसबुक, ट्वीटर, इमो, भाईबरजस्ता सामाजिक सञ्जाल आफूखुसी प्रयोगमा रोक लगाएको हो ।

 

कात्तिक १३ गतेदे स्वीकृत ६ बुँदे मार्गनिर्देशन तत्काल लागू हुने भनिएको छ, जसमा कार्यालयको खर्चमा भ्रमण गर्ने व्यक्तिले व्यक्तिगत रुपमा खिचिएको धार्मिक स्थल, बाटो, तालतलैया वा भ्रमण गरिएका स्थानको तस्विरसमेत सामाजिक सञ्जालमा राख्न नपाइने उल्लेख छ । आजको कान्तिपुर दैनिकले खबर छापेकाे छ । 

प्रतिक्रिया दिनुहोस्