मन्त्रालय र आन्दोलनरत कर्मचारीबीच सहमति, के के भए सहमति ?



काठमाडाैं : संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र आन्दोलनरत अस्थायी, करार तथा ज्यालादारी कर्मचारीबीच सहमति भएको छ । सिंहदरबारमा शुक्रबार भएको छलफलमा सरकारले यसअघि गरेको सहमति कार्यान्वयन गर्ने मौखिक सहमति भएको मन्त्रालयका प्रवक्ता सुरेश अधिकारीले जानकारी दिए ।

 

सहमति पछि सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता भएको अखिल नेपाल सरकारी अस्थायी, करार तथा ज्यालादारी कर्मचारी श्रमिक सङ्घका अध्यक्ष भुपाल रसाइलीले जानकारी दिए ।

 

प्रवक्ता अधिकारीले गत भदौ ३ गतेको मन्त्रिपरिषद्को बैठकअनुसार मन्त्रालय, विभाग, आयोगलगायत सबै तहमा कार्यरत अस्थायी, करार कर्मचारीलाई नहटाउने र लामो अवधि काम गरेका कर्मचारीलाई एकमुष्ठ रकम दिन सरकारसँग पहल गर्ने सहमति भएको बताए ।

प्रतिक्रिया दिनुहोस्