मनै लोभ्याउने घाँसे मैदान



नवलपुर : नवलपुरको कावासोती नगरपालीका ७ , १२ र १३ नम्वर वडामा फैलीएको नमुना घाँसे मैदान पर्यटककालागि आकर्षणको केन्द्र बन्दै गएको छ । गिद्ध संरक्षणको अभियान सँगै पिठौली स्थित नमुना मध्यवर्ती सामुदायिक वन भित्र स्थानियको पहलमा बनेको  घाँसे मैदान वन्यजन्तुहरु रमाउने थलो बनेको छ ।

घाँसे मैदानका कारणा चराहरु र वन्यजन्तुको संख्यामा बृद्धि हुन थालेको स्थानियहरु बताउछन् । लोपहुन लागेका वन्यजन्तु र चराहरु समेत घाँसे मैदानमा देखीने गरेको पाईएको छ ।

२०६३ सालमा लोपोउन्मुक गिद्ध संरक्षणका लागि जटायु रेष्टरेन्ट स्थापना गरेपनि यस क्षेत्रलाई घाँसे मैदानको रुपमा विकास गरिएको जटायु रेष्टुरेन्ट पिठौलीका सञ्चालक धनबहादुर चौधरीले बताए । हेरौँ तस्विरमा

प्रतिक्रिया दिनुहोस्