टर्कीका राष्ट्रपतिद्वारा पत्रकार खशाेग्जी हत्यामा प्रत्यक्ष रुपमा साउदीकाे हात रहेकाे अाराेप



बीबीसी : टर्कीका राष्ट्रपति रेजेप तय्यीप एर्दोआनले पत्रकार जमाल खशोग्जीको हत्याका लागि पहिलो पटक प्रत्यक्ष रूपमा साउदी सरकारमाथि आरोप लगाएका छन्।

 

अमेरिकी पत्रिका द वाशिङटन पोस्टमा एउटा लेख लेख्दै उनले भनेका छन्, "हामीलाई थाहा छ खशोग्जीको हत्या गर्ने आदेश साउदी सरकारको उच्च तहबाटै आएको हो।"

 

तर साउदी अरेबियासँगको टर्कीको 'मित्रवत्' सम्बन्धमा जोड दिँदै एर्दोआनले खशोग्जीको हत्यामा राजा सलमानको संलग्नता रहेको कुरामा भने आफ्नो विश्वास नरहेको बताएका छन्।

 

टर्कीका अनुसन्धानकर्ताहरूको विश्वास छ, निर्वासित पत्रकार खशोग्जी इस्तानबुलस्थित साउदी वाणिज्य दूतावास गएका बेला घाँटी अठ्याएर उनको हत्या गरिएको हुनुपर्छ।

ढाकछोप

टर्कीकी महिलासँग बिहेका लागि आवश्यक कागजातहरू लिन खशोग्जी वाणिज्य दूतावास गएका थिए। गत अक्टोबर २ मा वाणिज्य दूतावास गएका खशोग्जी बेपत्ता भएका थिए।

 

उनको शव अहिलेसम्म भेटिएको छैन र टर्कीका राष्ट्रपतिका एक सहयोगीका अनुसार शव टुक्रा-टुक्रा पारी त्यसलाई एसिडमा गलाइएको हुन सक्छ।

 

शुरूमा साउदी अरेबियाले ढाकछोप गर्न खोजेको खशोग्जी हत्या प्रकरणले रियाद र उसका साझेदार मुलुकबीच एउटा कूटनीतिक सङ्कट निम्त्यायो।

प्रतिक्रिया दिनुहोस्