बिस्कुटमा क्रिमको सट्टा टूथपेस्ट राख्दा १५ महिना जेल



एजेन्सी : एक यूट्यूबरले एक जना घरबारबिहिन मान्छेलाई एउटा बिस्कुट खान दिए जसमा क्रिम हुनुपर्नेमा टूथपेस्ट राखिएको थियो । यसैकारण उक्त यूट्यूबरलाई १५ महिनाको जेल सजाय दिइयो । 

न्यूयोर्क टाइम्सका अनुसार, स्पेनका यूट्यूबर कैन्गुहा रेनलाई पिडितको सम्मान र नैतिकतामा ठेस पु-याउने दोषीका रुपमा पाइएको छ । यो घटना २०१७ मा घटेको हो । अदालतले दिएको आदेश अनुसार रेनले आफ्नो यूट्यूब च्यानल पनि बन्द गर्नुपर्नेछ र उनले २०२४ सम्म कुनैपनि भिडियो पोष्ट गर्न पाउने छैनन् । साथै रेनले २० हजार यूरो पनि पिडितलाई दिनुपर्ने छ । 

न्यूयोर्क टाइम्सका अनुसार, रेनलाई सायदै जेलमा बस्नुपर्ला किनकी प्राय स्पेनको अदालतले २ वर्ष भन्दा कम भएको सजायलाई पहिलो गल्तीको रुपमा माफ गरिदिन्छ तर उक्त गल्ती कुनै किसिमको हिंसामत्मक भने हुनुहुँदैन । 

पीडितको नाम जोर्ज एल बताइएकोे छ । अदालतमा पेश भएको दस्ताबेजबाट थाहा भएको छ कि यो प्राङ्क भिडयोमा विज्ञापनमार्फत रेनले दुई हजार यूरोसमेत कमाएका छन् ।

अदातमा भनिए अनुसार यो कुनै एक्लो यस्तो घटना थिएन जुन रेनले कमजोर व्यक्तिसंग यस्तो किसिमको मजाक गरेका थिए । 

यो प्राङ्क भिडियोमा पिडित व्यक्तिले बिस्कुट खाएपछि उल्टीसमेत गरेको देख्न सकिन्छ । भिडियोलाई हेरेर धेरैले रेनको एकदमै आलोचनासमेत गरेका थिए ।   

 

रेनले आलोचना भएको देखेपछि भिडियो डिलिट गरे र पिडितलाई २० यूरो दिएर मदत गर्न चाहे ।

पछि रेनले पीडितसंग कुनै किसिमको कानुनी कारबाहि नगर्न भनेर ३०० यूरो पनि अफर दिएको बताइएको छ । 

प्रतिक्रिया दिनुहोस्