धनुषा मालपोतमा मुख्यमन्त्रीको छडके



मालपोत कार्यालय धनुषा अस्तस्व्यस्त भएको गुनासो बढेपछि प्रदेश २ का मुख्यमन्त्री लालबबाबु राउतले कार्यालय निरिक्षण गरेका छन् । मालपोतको निरिक्षण गर्दै मुख्यमन्त्री राउतले कार्यालयमा तत्काल सुधार ल्याएर सेवा प्रवाहमा तिव्रता दिन निर्देशन दिएका छन् ।

मालपोतका कर्मचारीहरुले सेवाग्राहीसँग घुस लिने गरेको, आलटाल र अनावस्यक दुख दिने गरेको गुनासो बढेपछि मुख्यमन्त्री राउतले मालपोतको निरिक्षण गरेका हुन् । उनले मालपोत कार्यालयको कार्यसंपादन, सेवाग्राहीको समस्या र त्यसको समाधानबारे कार्यालय प्रमुखसँग जानकारी लिए ।

निमित्त कार्यालय प्रमुख मो. इजहाराले कार्यालयको कार्य सम्पादन बारे मुख्यमन्त्री राउतलाई ब्रिफिङ गरेका थिए । मुख्यमन्त्री राउतले सेवाग्राहीको गुनासो सुन्दै कार्यालयमा रहेका समस्याहरु तत्काल समाधान गर्न कार्यालय प्रमुखलाई निर्देशन दिए ।

मुख्यमन्त्री मालपोत कार्यालयमा आएको देखेर सेवाग्राहीको भिड लागेको थियो । उनीहरुले कार्यालयमा काममा ढिलाई हुनगरेको मुख्यमन्त्री राउत समक्ष गुनासो गरेका थिए । सेवाग्राहीहरुले काममा तदारुकता ल्याउन पहलको लागि मुख्यमन्त्री राउतसमक्ष आग्रह गरे ।

 

 

प्रतिक्रिया दिनुहोस्