जयनगर-कुर्था रेल पुस महिनादेखि गुड्ने



जयनगरधाम : जनकपुर रेलमार्ग र स्टेशन निर्माण अन्तिम चरणमा पुगेका बेला भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले शुक्रबार कुर्था स्टेशन पुगेर निरीक्षण गरेका छन् । साथै भइरहेको कार्य प्रगतिबारे उनले जानकारी पनि लिएका छन् ।

 

सञ्चारकर्मीसँग कुरा गर्दै मन्त्री महासेठले जयनगरदेखि कुर्थासम्म ३५ किलोमिटरमा अगामी पौष महिनादेखि रेल गुड्ने बताए । ‘रेलमार्ग तयार भइसकेको छ । स्टेशन निर्माण अन्तिम चरणमा रहेको छ ।'  

 

महासेठले पहिलो चरणमा कुर्थासम्म, दोस्रो चरणमा अर्को वर्षदेखि बर्दिबाससम्म र तेस्रो चरणमा चार वर्षभित्र निजगढसम्म रेल गुड्ने उनको भनाइ छ । भारतबाट रेल भाडामा ल्याउने कि खरिद गर्ने विषय भने अझै अन्याेल।

प्रतिक्रिया दिनुहोस्