सरकारबाट बाहिरिँदै उपप्रधान तथा स्वास्थमन्त्री यादव 



काठमाडौं : सरकारले आफ्नो मागको सम्बोधन नगर्ने संकेत देखेपछि समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव सरकारबाट बाहिरिने भएका छन्। 

संविधान संशोधन गरी मधेशी, जनजातिलगायत सीमान्तकृत समुदायको माग सम्बोधन हुने व्यवस्था गर्नुपर्नेमा जोड दिँदै आएको समाजवादी पार्टीका अध्यक्ष यादवले सरकार छाड्ने भएका हुन् । उपप्रधानमन्त्रीसहित स्वास्थ्यमन्त्रालयको जिम्मेवारीमा रहेका यादवलाई पार्टीभित्रबाट सरकार छाड्ने दबाब बढेको स्रोतले बताएको छ।

यादवनिकट स्रोतका अनुसार सरकारले विगतमा गरेको सम्झौता कार्यान्वयनका लागि जिम्मेवार नदेखिएको विषय उक्त दलभित्र जोडतोडले उठ्न थालेपछि यादव सरकार छाड्न बाध्य भएका हुन्। ‘अबको केही दिनमै समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिने छ ।’ यादव निकट स्रोतले जनायो। 

डा.बाबुराम भट्टराई संयोजन रहेको नयाँ शक्ति पार्टी नेपाल र संघीय समाजवादी पार्टी फोरमबीच गत वैशाख २३ गते पार्टी एकीकरण भएको थियो। दुई पार्टीबीच एकता भएपछि डा। भट्टराईले सरकार छाड्नुपर्ने बताएका थिए।

यादवले सरकारमा सहभागी हुँदा केपी ओली नेतृत्वको सरकारसँग दुईबुँदे सम्झौता गरेको थियो । सम्झौतामा संविधान संशोधनको विषयसमेत उल्लेख छ।

प्रतिक्रिया दिनुहोस्