राष्ट्रियसभा निर्वाचनका उम्मेद्वारको नामावली आज प्रकाशन हुने



काठमाडौँ : आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निवार्चनको उम्मेद्वारहरुका नामावली आज प्रकाशन हुने भएको छ । निर्वाचन आयोगका अनुसार राष्ट्रिय सभा सदस्यका लागि मनोनयन पत्र दर्ता गराएका उम्मेद्वारहरुको नामावली आज अपरान्ह ३ बजे प्रकाशन गरिने भएको हो ।

गत मंगलबार राष्ट्रिय सभाको १९ खाली पदका लागि बिभिन्न ९ राजनीतिक दलका ४३ जनाले उम्मेदवारी दर्ता गरेका थिए । आज नाम प्रकाशन भएपछि उम्मेदवारी फिर्ता लिन चाहने उम्मेदवारहरुले भोलिसम्म आफ्नो नाम फिर्ता लिन सक्नेछन् । साथै आयोगका अनुसार अहिलेसम्म कुनैपनि उम्मेद्वारी बिरुद्ध उजुरी भने परेको छैन ।

प्रतिक्रिया दिनुहोस्