ऋचा शर्माले घटाईन १४ केजी तौल : फेरि फिल्ममा सक्रिय



काठमाडौं : नेपाली चलचित्र क्षेत्रका लागि ऋचा शर्मा चिनाइरहनुपर्ने नाम होइन । अभिनय कलाले सबैलाई लोभ्याउन सफल ऋचा मिस नेपाल २००७ की टप ७ फाइनलिस्टसमेत हुन् ।

फस्ट लभ चलचित्रबाट डेव्यु गरेकी ऋचाले समीक्षक र दर्शकको राम्रो मन जित्न सफल भएकी थिइन् । लुट, भिषा गर्ल, टलक जंग भर्सेस टुल्के, बाटोमुनिको फुल दुई, को आफ्नोलगायतका धेरै चलचित्रमा उनले दर्शकको मन जित्न सफल भइन् । कमेडी रियालिटी शो कमेडी च्याम्पियन की जज समेत रहेकी ऋचाले २०१९ मा दिपेक्षविक्रम रानासँग विवाह गरेकी ऋचा यतिबेला एक सन्तानकी आमा समेत बनेकी छन् । मातृत्व सुख लिइरहेकी ऋचा यतिबेला काममा समेत फर्किरहेकी छन् ।

सन्तान प्राप्तिपछि बढेको आफ्नो तौललाई घटाएर उनले एक सर्ट फिल्म र एक बाहिरी प्रोजेक्टको सुटिङ सकेकी छिन् । ७७-७८ केजी तौल पुगेकी ऋचाले झन्डै १४ केजी तौल घटाएकी छन् ।

ऋचा भन्छिन्, आमा बनेपछि म झन्डै ७८ केजी पुगेकी थिएँ । यो प्राकृतिक प्रक्रिया पनि हो । मैले आमा बनिसकेपछि व्यायाम र डाइट गरेर झन्डै १४ केजी तौल घटाएँ । अहिले काममा व्यस्त राखिरहेकी छु ।

प्रतिक्रिया दिनुहोस्