अवसरवादको बालकोट यात्रा



सुदेश पराजुली

एकताका नाममा भनिएको दश बुँदेको कुनै औचित्य छैन । त्यस जगमा एकता सम्भावना छैन । जसरी एकताको नाममा अवसरवाद देखा परेको छ । त्यसले समस्या झन् बल्झियो ।
हाम्रो लडाइँ पदीय व्यवस्थापन थियो कि हामीले भनेको प्रतिगामीलाई परास्त गर्नु थियो यसको पुष्टि हुनु पर्दैन ?
के सर्वोच्च अदालतको फैसला बेठिक थियो भन्ने आँट साहस छ अहिलेको एकताको राप जपि रहनेहरुलाई ? के पटक–पटक संसद विघटन ठिक थियो भन्ने आँट छ एकताका नाममा अगुवाई गर्नेलाई, यसको उत्तर दिनु पर्दैन ?
इतिहास साक्षि छ कुनै दिन यसको गतिलो उत्तर जनताले दिने छन् । हामीले भनेको के परिस्थिति परिवर्तन भयो र हामीले प्रतिगमनलाई सम्झौता गर्न बाध्य भयौं ? के सैद्धान्तिक विषयवस्तुमा सम्झौता भयो जसले हामीले विगतमा उठाउँदै आएको वैचारिक सैद्धान्तिक बहसलाई समाधान गर्यौं त ?
तिमीले नै सडकमा उभिएर भनेको प्रतिगमनको पैतालो मुनि बस्नु राजी हुनु बाहेक यो केही हुनै सक्दैन । एकताको नाममा नयाँ अवसरवादको नौलो रुप मात्र हो बालकोट यात्रा ।

प्रतिक्रिया दिनुहोस्