८ सय ग्राम गाँजा सहित कतार जान लागेका युवक विमानस्थलबाट पक्राउ



काठमाडौँ: लागूऔषध गाँजा बोकेर कतार जान लागेको अभियोगमा एकजना त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पक्राउ परेका छन्।

पक्राउ पर्नेमा चितवनको खैरेनी १० का २९ वर्षीय बुद्धिराज पाठक हुन्। उनलाई कतार एयरवेजको विमानबाट दोहा जाने क्रममा प्रहरीले मंगलबार साढे १० बजे पक्राउ गरेको हो।

पाठकले लगेजभित्र आयुर्वेदिक औषधिका बट्टाभित्र ८ सय ग्राम गाँजा लुकाएर लग्दा स्क्रिनिङका क्रममा फेला परेको विमानस्थल सुरक्षा प्रहरी कार्यालयले जनाएको छ।

उनलाई थप अनुसन्धानका लागि लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वरको टोलीलाई जिम्मा लगाइएको प्रहरीले बताए।

प्रतिक्रिया दिनुहोस्