राष्ट्रपति भण्डारीले गरिन् पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण



काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले पृथ्वीनारायण शाहको शालिकमा माल्यार्पण गरेकी छन् । पृथ्वीजयन्तीको अवसरमा आज बिहान सिंहदरबार पश्चिम गेट अगाडि पुगेर राष्ट्रपति भण्डारीले पृथ्वीनारायणको शालिकमा माल्यार्पण गरेकी हुन् ।

माल्यार्पण समारोहमा राष्ट्रपति भण्डारीका साथै नेपाल सरकारका मन्त्रीहरुको समेत सहभागिता थियो। नेपाली सेनाले पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवसको उक्त अवसरमा विशेष सम्मान प्रस्तुत गरेको थियो। नेपालको एकीकरण गरेका शाहको जयन्तीका अवसरमा नेपाल सरकारले एकता दिवस मनाउँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्