मोहन बैद्य भन्छन् : प्रचण्ड र विप्लवसंग पार्टी एकता असम्भव



काठमाडौँ : नेकपा (क्रान्तिकारी माओवादीका) महासचिव मोहन बैद्य (किरणले) माओवादी वा विप्लव कुनैपनि पार्टीसंग एकता असम्भव रहेको बताएका छन् ।

बैद्य नेतृत्वको क्रान्तिकारी माओवदीसंग एकताका लागि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका महासचिव (विप्लवले) कसरत गरिरहेका बेला बैद्यले भने यी दुर्बै पार्टीसंग एकता सम्भव नभएको प्रतिक्रिया दिएका छन् ।

आज काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा महासचिव बैद्यले मोहन विक्रम सिंह नेतृत्वको नेकपा मसालसंग पनि पार्टी एकता हुन नसक्ने बताएका छन् । बैद्यले अब क्रान्तिकारी कम्युनिष्टहरुबीच धुव्रीकरण गरेर गघि बढ्ने समेत दाबी गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्