विमानस्थल कार्यालयले भन्यो : स्वागत-विदाईमा नआउनु, भिजिटर पास बन्द



काठमाडौँ : नेपालमा कोरोना भाईरसको संक्रमित बढ्दै गएपछि त्रिभुवन अन्तराष्ट्रि विमानस्थलले कडाई गरेको छ । विमानस्थलमा स्थान कम रहेकाले भिडभाड धेरै हुने हुँदा कोरोना जोखिम उच्च हुने भन्दै विदाई र स्वागतमा नआउन नागरिकलाई अपील गरेको छ ।

साथै अत्यन्त जरुरी अवस्थामा बाहेक भिजिटर पास समेत बन्द गर्ने निर्णय कार्यालयले गरेको छ । नेपाल र छिमेकि देशहरुमा कोरोना लगाएत कोरोनाको नयाँ भेरिएन्ट ओमिक्रनोन फैलिरहेको भन्दै हवाई यात्राका क्रममा आवस्यक मापदण्ड पालना गर्न समेत सरोकारवालालाई आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्